डा. केसीको माग सम्बोधन गर्न सरकारद्वारा टोली गठन



काठमाडौ । सरकारले अनशनरत प्रा।डा। गोविन्द केसीको माग सम्बोधन गर्न टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले शुक्रबार विज्ञप्ति जारी गरी वार्ता टोली गठन गरेको जानकारी दिएका हुन्। मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि रहेको टोली गठन भएको हो।

विज्ञप्तिमा अनशन तोडेर वार्तामा आउन डा। केसीलाई आग्रह गरिएको छ। ६ दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै २०औँ पटक अनशन बसेका डा। केसी अहिले सेती प्रादेशिक अस्पतालमा छन्।

प्रकाशित: १ आश्विन २०७९, शनिबार ००:३५