नेकपा माओवादी केन्द्रले आगामाी मंसिर ४ मा हुने प्रतिनिधि र प्ररदेशसभा निर्वाचनमा समानुपातिकमा नदोहार्याउने भएको छ । माओवादीले समानुपातिक सूची तयार गर्नुअघि गत निर्वानमा समानुपातिमा परेका नेताहरुलाई नपठाउने मापदण्ड गरेको हो ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले समानुपातिकको उम्मेदवार छान्दा अन्तरिम व्यवस्थापिकाबाहेकको समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्याउने, भर्खरै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेस गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य अनुमोदन गरेको हुनुपर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्नका लागि पार्टी प्रदेशहरुले बिहीबार (भदौ ३० गते) भित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सर्ट लिस्ट पेस गर्न पनि बैठकले निर्देशन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलहरूबीच सकारात्मक दिशामा छलफल भइरहेको र अनावश्यकरुपले भ्रमित नहुन पनि माओवादी बैठकले आग्रह गरेको छ । समानुपातिक प्रतिनिधित्व सूची पेस गरिसकेपछि आगामी असोज ४ गते गठबन्धन बैठक बसी क्षेत्र बाँडफाँट टुंगो लगाउने समझदारी बनेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार ०४:२०