दुइ दर्जन बढी पत्रकारका नेता टिकटको दावी गर्दै


तरुण पत्रिका

१ आश्विन २०७९, शनिबार ०५:५४

काठमाडौं, १ असोज । नेपाली कांग्रेस निकट रहेका दुइ दर्जन भन्दा बढी पत्रकारहरु आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिन इच्छुक देखिएका छन् । लामो समय सम्म पत्रकारीता पेशामा आवद्ध उनीहरु यस पटकको निर्वाचनमा हाम फाल्ने सोचमा रहेका हुन् । विशेषगरी लोकतन्त्र स्थापनाका लागि कलमको माध्यामबाट महत्वपूर्ण योगदान गरेका बरिष्ठ पत्रकाहरु राजनीतिको मुल धारमा आउन चाहेपनि पार्टीले टिकट दिने नदिने एक्कीन छैन् ।

तर यस पटक धेरै पत्रकारका नेताहरु आफ्नो क्षेत्र,जिल्ला प्रदेश हुँदै केन्द्र सम्म टिकट दावेदारको सिफरिस भएर आएका छन् । नेपाल प्रेस युनियमा आवद्ध भएर लामो समय पार्टीलाई सहयोग गरेका पत्रकारका नेताहरुलाई पनि पार्टीले संसद स्थान दिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बताए । पार्टीलाई अप्ठ्यरो पर्दा मिडियाको माध्यामबाट, प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गरेका पत्रकारहरुलाई संसदमा पुर्याएर उनीहरुका ज्ञान र शिपलाई राज्यले नै सदुपयोग गर्नु पर्ने युनियनको सुझाव रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेससँग निकट रहेर पत्रकारीताको माध्यामबाट लोकतन्त्र, शुशासन, मानव अधिकार र परिवर्तनको पक्षमा लागेका दिग्गज पत्रकाहरुको उपस्थितिले संसदको गरिमा बढाउने भन्दै युनिययन सँग आवद्ध रहेका नेताहरुलाई आगामी निर्वाचनमा सहयोग गर्ने युनियनले जनाएको छ । यो निर्वाचनमा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक गरी दुइ दर्जन भन्दा बढी पत्रकारहरुले टिकटको दावी गरेका छन् । उनीहरुको नाम केन्द्रीय समितिले बनाएको मापदण्ड अनुसार अघि बढ्ने नेपाली कांग्रेसले जनाएको छ । तर टिकट दिइहाल्ने भन्ने कुरा कांग्रेस पार्टीमा निकै असहज देखिन्छ ।

पत्रकारका नेताहरुलाई सांसदको टिकट माग्ने देखि प्रचार प्रसारमा सहयोग गर्ने सन्दर्भमा युनियनमा आवद्ध सबै पत्रकारहरु लाग्ने गरी अघिबढेको नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले बताए । लोकतान्त्री आन्दोलनमा होमिएर जिवनको महत्वपूर्ण समय पत्रकारीता र राजनीतिमा वेतित गरेको सिनियरहरुलाई युनियनले पूर्ण रुपमा सहयोग गर्ने पौडेलको भनाइ छ ।
आगामी निर्वाचनका लागि पोषण केसी, कविर राणा, कुलचन्द्र वाग्ले, किरण पोखरेल, दिपक आचार्य, इश्वरी ओझा, झपेन्द्र गहिरे, जगदिश भट्टराई, बाला अधिकारी, सपना बोहरा, प्रविर ददेल हिमा चेमजोङ, परमेश्वर शाह, सरोज अधिकारी, रोशननाथ पाण्डे, चित्र कुमार मिजार लगायतले संघ, प्ररदेशको प्रत्यक्ष र समानुपातिकमा दावी गरेका छन् । प्रतिनिधि सभा प्रत्यक्षका लागि कविर राणले दावी गरेका छन् भने धेरैजसो समानुपातिकमा सिफरिस भएर आएका छन् । पार्टीको सुभेच्छुक संस्था प्रेस युनियनबाट राजनीति गरेका पत्रकारका नेताहरुलाई पनि टिकटमा यस पटक समेट्नु पर्ने युनियनले माग गरेको छ ।

प्रकाशित: १ आश्विन २०७९, शनिबार ०५:५४