काठमाडाैं,१ असाेज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रणनीति तय गर्न नेपाली कांग्रेसकाे संस्थापन इतर समुहकाे बैठक बसेको छ । बैठक ठमेलस्थित एक होटेलमा बसेको हाे । बैठकमा सहभागी सदस्यहरूले सम्मान जनक सिट र समूहका नेताले जित्न सक्ने क्षेत्र अन्य पार्टीलाई दिएमा गठबन्धन असफल हुने बताएका छन् । जहा शेखर (गगन समूहका मान्छे छन्, त्यहाँ गठबन्धनका नाममा अरुदललाई दिने षडयन्त्र गरिएको दिलेन्द्र बडुको भनाइ छ ।
केही सदस्यले शेखर समूहलाई अपमान गरेमा रुखमाबाहेक अन्य चिह्नमा भोट नदिनेसम्मकौ विचार राखेका छन्। आफ्नो अडान कडा रूपमा राख्न नेता शेखर कोइरालालाई सहभागी सदस्यहरूले सुझाव दिएका छन्। शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सोही समूहबाट पदाधिकारीमा पराजित, शेखर पक्षका प्रदेश सभापति लगायत बैठकमा उपस्थित छन्। बैठकमा सहभागी विकास लामा र तेजुलाल चौधरीले शेरबहादुर देउवाले न्याय नगरन् भन्दै आफ्नो समूहले लागि ४० प्रतिशत भाग लिनुपर्ने माग गरे ।
प्रकाशित: १ आश्विन २०७९, शनिबार ०६:३९