स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एल्केमाथि ३–० गोल अन्तरको जित हात पारेको छ।शनिबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा रोबर्ट लेवान्डोस्कीले खेलको ३४ औं र ४८ औं मिनेटमा दुई गोल गरेका थिए।त्यस्तै खेलको ४१ औं मिनेटमा मेम्फिस डिपेले एक गोल गरेका थिए।यससँगै लिगमा बार्सिलोनाले ६ खेलबाट १६ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले ५ खेलमा शत प्रतिशत जित हात पार्दै १५ अंक जोडेको छ।
प्रकाशित: २ आश्विन २०७९, आईतवार ०१:१०