काठमाडाैं,२ असाेज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति दल खोल्नु नाङ्ले पसल राख्नु जस्तो नभएको बताएका छन् । लौहपुरूष गणेशमान सिंहको २५ ओै स्मृतिदिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने बताए । राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हैन भन्दै नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ? भन्ने प्रश्न गरे ।
नयाँ दलहरु के भन्छन् भने पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौ भन्छन् नेता सिंहले भने ‘आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला ? क्षमता होला? राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हैन भन्दै नयाँ दल खोलेर परिवर्तन गर्छु भन्ने को हालत के छ ? भनेर प्रस्न समेत गर्नु भयकोछ ।
अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्तो अमूर्त कुरा गरेर नहुने बताए । भ्रष्टाचार गर्ने को हो ? उसैलाई यो हो भनेर भन्न सक्नुपर्ने उनको धारणा थियो । स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने उनले बताए । व्यवस्थमा रहेको कमजोरी सच्याउनका लागि राम्रो गर्ने मान्छेलाई मौका दिनुपर्ने सिंहको भनाई थियो ।
कांग्रेस काठमाडौं १ का सांसदसमेत रहेका सिहंले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेश जानबाट रोक्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिमकेन्द्र खोल्नुपर्नेमा जोड दिएका छन् । उनले ओलि सरकारका गलत कदम कारण संघीयतामाथि प्रश्न उठेको आरोप समेत लगाएका छन् । समयमा कानुन बनाएर दिनु पर्ने अधिकार स्थानीय र प्रदेश सरकारलाई नदिएकाले प्रश्न उठेको उनको भनाइ छ ।
नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरि सम्पन्नताको अभियानमा लैजाने समेत बताए।
प्रकाशित: २ आश्विन २०७९, आईतवार ०६:३५