काठमाडौ । नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं।२ मा प्रत्यक्ष निर्वाचन लड्न घोषणा गर्नुभएको छ । उहाँले तरुण पत्रिकासंग कुरा गर्दै आफुले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्पष्ट रुपमा आफु प्रत्यक्ष निर्वाचन लड्ने कुरा राखेको स्पष्ट पार्नुभयो । नेता केसीले आफुलाई समानुपातिकको बन्द सुचीमा राखिएको बिषय जानकारी नभएको र त्यस्तो भए आफुलाई स्वीकार्य नहुने बताउनु भयो । उहाँले बिभिन्न मिडियामा आएका समाचारहरु कपोकल्पित र निराधार रहेको कुरा सम्पूर्ण आम मतदाता,दाजुभाई, दिदिबहिनीमा भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ ।
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार १९:०८