संविधान जोगाउन गठबन्धन सरकार बनेको हो : सिंह


तरुण पत्रिका

३० भाद्र २०७९, बिहीबार १४:५८

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताउनुभएको छ।

काठमाडौँमा आज आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले तत्कालीन (नेकपा) सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरी दुई पटकसम्म संसद् भङ्ग गरेकाले संविधान जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताउनुभएको हो ।

“गठबन्धनको सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ, आगामी निर्वाचनमा देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने पार्टीलाई विजयी गराउनुपर्छ”, नेता सिंहले भन्नुभयो । तत्कालीन ९नेकपा०को  सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उहाँको भनाइ थियो ।

बागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको चर्चा गर्दै नेता सिंहले काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारीले खानेपानीसम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए । उनीहरू ढल र फोहरको व्यवस्थापन राम्रोसँग हुन नसकेकामा आक्रोशित भएका थिए  ।

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार १४:५८