मकवानपुरको भीमफेदीमा बस दुर्घटना ७ जनाको मृत्यु


तरुण पत्रिका

६ आश्विन २०७९, बिहीबार १७:१६

हेटौँडा।मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार १७:१६