काठमाडाैं,७ असाेज । प्रतिनिधि तथा प्ररदेशसभा निर्वाचनका लागि गठबन्धन गरेका सरकार सम्बद्ध दलहरुले सिट बाँडफाँटमा सहमति खोज्न सकेका छैनन् । सहमतिकालागि शीर्ष नेताहरु र कार्यदलको बैठक विगत पाँच हप्ता देखि प्रधानमन्त्री निवास बालुवाटरमा निरन्तर बसीरहेपनि ठोस निष्कर्ष निकल्न सकेको छैन्न् ।
सिट भाग लगाउने प्रयोजनका लागि बिहीबार सम्म पनि सत्तारुढ दलहरुको बैठक बसीहरको छ । तर आज सम्म गरिएका छलफलले धेरै प्राबिधिक कामहरु भएपनि रिजल्ट आइनसकेको नेताहरुले जनाएका छन् । बिहीबार साँझ सम्म पनि सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक ससीरहेकाले सिट विभाजनको विषय टुंगो लागिहालेको अवस्था नरहेको बैठकमा सहभागि कार्यदलका एक सदस्यले बताए ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको बताइएको छ । जनमोर्चा नेता तथा कार्यदलका सदस्य हिमलाल पुरीले दलहरुले दाबी गरेको सीटमा घट्न तयार नरहेकाले सहमति जुट्न नसकिरहेको जानकारी दिए । चुनावको मिति घोणा गर्नुभन्दा अघिदेखि गठबन्धन गरेर जाने निर्णय गरेका सत्तारुढ दलहरुले गठबन्धनमा सिट बाँडफाँटको खाकामै समस्या देखिएको छ ।
दलहरुले आफ्नो सिट संख्या दावीको पुरानै बटमलाइनबाट अझै पछि नहटेका कारण ठोस निष्कर्ष ननिस्कीएको उनको भनाइ छ । गठबन्धनमा ठूला भनीएका दलहरुले आफ्नो ढीपी नछाडेपछि भागबण्डा पेचिलो बनेको गिरीले बताएका हुन् । एक सय ६५ संघिय र तीन सय ३० प्ररदेश निर्वाचन क्षेत्र रहेको मुलुकाममा कुन दलले कति र हाँकहाँ लिने लेनदेन गर्ने भन्ने विषयमै अझै चर्काचर्की भैरहेको छ ।
गत हप्ता नै ११० सिटमा कुरा मिलीसकेको बताएका दलहरुलाई बाँकी सिट भाग लगाउन हम्मे हम्मे परेको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । उनले भने, ‘ गठबन्धन भनेको सबैलाई हैसिय अनुसारको सिट मिलाउने हो, तर यहाँ नेताहरुले मेरा गोरुको बाह्रै टक्का भने झै आफ्ैलाइ केन्द्रमा राखेर बहस भैरहेको छ, त्यसैले केही ढिला हुन पुगेको भएपनि चाडै सहमतिको खाका सर्वजनीक गर्छौं ।’ गठबन्धन भित्रका केन्द्रीय पदाधिकारीहरु सहित शीर्षतहका नेताहरुको निर्वाचन क्षेत्र समेत एउटै पर्ने हुँदा निर्वाचन क्षेत्र व्यवस्थापनमा समेत दलहरुलाई समस्याका रुपमा देखिएको बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सत्ता गठबन्धनको कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँटमा समयको चाप बढेको जनाए ।उनले भने, ‘गठबन्धनमा सिट बाँडफाँटको विषय समानुपातिक सूची मिलाउन तिर लाग्दा केही ढिला भएको छ’ छलफल जारी छ अव हामी निष्कर्ष नजिक छौं ।’ न्यायोचित र सम्मानजक रुपले सिट बाँडफाँट गर्नुपर्ने र गठबन्धनका सबै नेताहरुले जित्नेगरी भागवण्डा गर्नु परिस्थितका कारण केही दिन छलफल लम्बीएको उनको भनाइ छ ।
गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता विकास र समृद्धिको बाटोमा अग्रसर गराउने एजेण्डा लिएर अघि बढेकाले परिणाम ल्याउने गरी काम गर्दा केही समय लाग्ने कार्कीको तर्क छ । नेपाली कांग्रेसको डा शेखर कोइाला समुहले सय सिट भन्दा घटेर गठबन्धनमा संझौता नगर्ने भनेपनि संस्थापन समुहले ८५ देखि ९० सिटमा चित्त बुझाउनेगरी छलफल भैरहेको बताइएको छ । नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए ।
गत हप्ता गठबन्धनका नेताहरुबीच १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा क्षेत्र कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको नेताहरुले सार्वजनीक गरेका थिए । जस अनुसार नेपाली कांग्रेसको भागमा ६८ निर्वाचन क्षेत्र, माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट परेको थियो ।
बाँकी क्षेत्रको भागबण्डा गर्ने विषयमा यति लामो छलफल हुदा समेत निष्कर्ष निस्कन नसक्दा उम्मेदवारका आकांक्षीहरुको दवाद थेग्न समेत दलहरुलाई मुस्कील गरेको नेताहरुले बताएका छन् । एकापटी गठबनधन दलहरुबीच भागबण्डाको कुरा मिलेको छैन भने अर्को तर्फ जिल्ला जिल्लला बाट आएका उम्मेदवारका आकांक्षीहरुको दवावका कारण शीर्ष नेताहरु बाहिर निस्कन समेत सकेका छैनन् । गठबन्धनका शीर्ष नेताहरु फोन अफ गरेरै भागण्डाको छलफलमा जुटेका छन् ।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ११:५९