काठमाडाैं,७ असाेज । नेपाली कांग्रेस सुर्खेतका निवर्तमान जिल्ला सभामपति कमलराज रेग्मी सुर्खेतका नागरिकका लागि चर्चित नाम हो । २०४८ सालमा नेविसंघको जिल्ला सदस्य, ०४९ मा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुदै पार्टी राजनीतिमा प्रवेश गरेका उनले लोकतन्त्रका निमित्त एक निष्ठाबान र संघर्षशिल व्यक्तिको पहिचान बनाएका छन् । उनी तीनपटक त्यस क्षेत्रको क्षेत्रीय सभापति हुँदै जिल्ला सभापति समेत भैसकेका अनुभवी व्यक्ति हुन् । आफू पार्टी जिल्ला सभापति हुँदा २०७४ को स्थानीय तहको निर्वाचनमा ९ स्थानीयतह मध्य ६ वटा स्थानीयतहमा पार्टीलाई चुनाव जिताएर जिल्ला समन्वय समिति कांग्रेसको एकलौटी बनाउन सकेका थिए । अहिले ३ वटा मात्रै स्थानीय तह कांग्रेसले जितेको छ ।
करिव ३० वर्ष भुगोलकै राजनीतिमा निरन्तर क्रियाशिल रहेका रेग्मीको नाम आगामी प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस जिल्ला र प्रदेश समितिबाट सिफरिस भएर आएको छ । टिकटको दौडमा लागेका रेग्मीले जिल्लाको राजनीतिमा छुट्टै छाप बनाएका छन् । उनी हरेक नागरिकको घरदैलोमै पुगेर जनताका सेवामा निरन्तर लागिरहेकाले यसपटक जनताका चहाना कमलराज आइदिए हुन्थ्यो भन्ने रहेको स्थानीहरु बताउँछन् ।
नेपाली कांग्रेस सहितको गठबन्धनले निर्वाचन जित्नका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच भागवण्डाण हुने अवस्थामा छन् । सुर्खेतको क्षेत्र नम्बर २ प्ररदेशसभा (क ) का लागि सिफरिस भएर आएका रेग्मीले चुनाव जित्नका लागि आफूले टिकट पाउनु पर्ने दावी गर्दै आएका छन् । लामो सक्रिय राजनीतिक इतिहास बनाएका रेग्मीले स्थानीय नागरिकसँगको निरन्तर साक्षत्कार, आवश्यक सहयोग सहितको जनसेवा गरेका कारण आफ्नो दावी स्वभाविक रहेको उनी बताउँछन् ।
रेग्मीले भने, ‘‘मेरो राजनीतिक सामाजिक लगानी, पार्टी प्रतिको प्रतिबद्धता र जनभावना अनुसार यो पटक मैले टिकट पाउनु पर्छ भन्ने दावा हो, एमालेका कर्णली प्रदेश इन्चार्ज यमलाल कडेसँग भिडेर चुनाव जित्न सक्ने मै हो ।’ २०७४ को निर्वाचनमा एमाले माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा पनि सोही क्षेत्रबाट चुनाव लडेका रेग्मीले झिनो मतान्तरले पराजित भएका थिए । पार्टीका उपसभापति पूर्णबहादुर खड्का र कर्णलिकै लोकप्रिय नेता हृदयराम थानीको जिल्ला भनेर पहिचान बनेको सुर्खेतमा यसपटक स्थानीयतहको निर्वाचनको टिकट वितरणमा केन्द्रीय नेतृत्व हावी भएपछि विग्रीएको स्थानीय नेताहरुको भनाइ छ । केन्द्रका शीर्ष नेता पूर्णबहादुर खड्का लगायत नेताहरुले आगामी निर्वाचनमा पनि स्थानीय तहको जस्तै टिकट वितरणमा आफ्नै ढंगले लागे भने चुनाव जित्न फलामको च्यूरा हुने नेपाली कांग्रेस सुर्खेतका नेताहरु बताउँछन् ।
गठबन्धनको सिट बाँडफाटमा समेत सुर्खेत २ (ख) कांग्रेसको भागमा पर्ने अवस्था छ । यो क्षेत्रमा नेताहृदयराम थानी संसद भएकोवेला सडक पूर्वाधार शिक्ष स्वास्थ्य, खानेपानी लगायत विकासकका कामहरु सुरु गरिएपनि त्यसलाई पूर्णता पाइनसकेकाले तीनै योजनाहरुलाई पुरा गर्न र स्वाथ्य शिक्षा र रोजगारलाई विशेष प्राथमिक्ताका साथ काम गर्ने आफ्नो लक्ष रहेको रेग्मीले बताए । आफुले टिकट पाएको खण्डमा चुनाव जित्ने र ती अधुरा योजनाहरुको काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । पार्टीले मेरो तेरो नभनी राजनीतिक लगानी गरेका र जनपक्षिय काम गरेका नेताहरुलाई जिम्मेवारी दिनुपर्ने रेग्मीको भनाइ छ ।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार १४:२३