काठमाडौ । पं प्रज्वल लुइँटेलले प्रेम गित ३को कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल मार्फत आम नागरिकलाई प्रचारको आधारमा धेरै उतसुक भएर सिनेमा घर नजान आग्रह गरेका छन् । निकै आशालाग्दो मानेर आफुले फिल्म हरेको संकेत गर्दै हिन्दीमा राम्रो होला नेपाली अर सरह नै भएको बताएका छन् । बास्तुशास्त्रमा राम्रै दखल राख्ने लुइँटेलले नझुक्किन समेत आग्रह गरेका छन् ।उनले त्यसो त केहि पक्षको भने खुलेरै प्रशंसा पनि गरेका छन् । उनले तरुण पत्रिकालाई भने -‘म चै फ्लिम हेर्न अघिसम्म प्रेमगीत-३ को मान्छे थिएँ साथीहरूसँग बाझ्दै हिँडेको प्रेमगीत नेपाली फ्लिम हो भन्दै हेरिसकेपछी बिरक्त लाग्यो’
उनले लेखेका छन् ।
१.जति चर्चा परिचर्चा थ्यो जति आशा थ्यो ती सबैलाई भुलेर नेपाली चलचित्र मात्रै ठानेर हेर्न जानुपर्ने रहेछ ।
२.चलचित्रको ट्रेलरमा राज्य ,राजा महाराजा, ७ गाउँको बर्णन गरिएको छ तर जम्माजम्मी मान्छे जनता सेना सिपाही कटाककुटुक गरेर ५० जना पनि छैनन् ।
३.युवराज तथा हुनेवाला राजाको रोलमा प्रदीप खड्का छन् । एक्टिङ राम्रै गरेका छन् तर आवाज र डायलग डेलिभरी हरेक क्षण हाँसउठ्ने छ । कुनै बजन छैन पावर छैन । अस्ति ऋषि धमलाको कार्यक्रममा जसरी बोलिराथे फ्लिममा पनि तेस्तै नै बोलेका छन् । उनका दाइ बनेका अमनको पनि डायलग डेलिभरी तल्लो स्तरकै छ ।
४.कथावस्तु:- कथा प्रेमकथा बनाउन खोजिएको थ्यो भने राजपाठ नराखेको भए उचित हुन्थ्यो।किनकी राजपाठको कथा त झनै बिरक्त लाग्दो छ ।शिव श्रेष्ठबाट योभन्दा निकै माथिल्लो तहको एक्टिङ गराउन सकिन्थ्यो ।कथामा रुँदा भावनामा बगेका दृश्यमा दर्शक गलललल हाँसिरहेका छन् ।नायिकाले ठिकै एक्टिङ गरेकी छिन् । सुनिल थापाको एक्टिङ राम्रै छ ।क्लाइमेक्स फितलो छ ।
५.राम्रा पक्ष:- अत्यन्तै मनमोहक दृश्यहरु छन् । हाम्रो देशका लोभैलाग्दा पहाड हिमाल तलाउ जंगल डाँडाकाँडा छन् जसले मन छुन्छ ।
तेस्तो चिसोमा हातमुख सुकाएर साह्रै नै कष्ट भोगेर दु:ख गरेर मेहनत गरेर फ्लिम बनाएका छन् एस्को कदर गर्नैपर्छ ।
हेर्ने कि नहेर्ने त भन्दा नेपाली चलचित्र हो तेस्तो चिसोमा अत्ति मेहनत गरेर बनाएका हुन् एकपटक हेर्दा हुन्छ तर बाहुबली पुष्पा RRR जस्ता फ्लिमलाई थपक्कै दिमागबाट निकालेर कुनैपनि अपेक्षा नराखी गएर हेर्दा हुन्छ ।
मेरो नेपाली डबलाई रेटिङ :- २.५/५
हिन्दीमा अझ राम्रो होला भन्ने अपेक्षा छ ।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार १६:४०