काठमाडौं, असोज ८ गते। सरकार र अनशनरत प्रा.डा. गोविन्द केसीबीच सहमति भएको छ। शनिबार साँझ पत्रकार सम्मेलन गरेर सरकारसँग भएको सहमति सार्वजनिक गर्ने तयारी भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।
२० औँ सत्याग्रहमा रहनुभएका डा. केसी १३ दिनदेखि आमरण अनशनमा हुनुहुन्छ। गरिब, विपन्न जनतासँग जोडिएका उहाँका माग सम्बोधन गर्न सरकारलाई विभिन्न निकायले दबाब दिँदै आएका थिए।
स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. केसी थप उपचारका लागि बुधबार काठमाडौं आउनुभएको हो।
प्रकाशित: ८ आश्विन २०७९, शनिबार २०:०२