साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको एक कुशल कलाकार प्रा पाँडे



भूगोलविद्, जापानविद्, व्यङ्ग्य साहित्यकार, चित्रकार लगभग सय कृतिका लेखक प्राध्यापक रामकुमार पाँडे ! उहाँका अनुसार २०४६ सालमा ‘उडकट प्रिन्ट’ बनाइ जापान र अमेरिकामा प्रदर्शनसमेत गर्नुभएको थियो। पूर्वीय दर्शनको विम्ब प्रयोग गरी रोचक र रहस्यमय प्रस्तुतिमार्फत् ‘पावर प्रिन्ट’ नामकरण गर्नु भई विश्वकलामा नेपाली कलाको भिन्न चिनारी दिनुभएको थियो। नेपालमा पहिलो मुहारचित्र प्रदर्शनी २०४१ मा सरस्वती सदनमा भएको बताउँदै त्यसमा आफूले भाग लिनुका साथै आयोजकको भूमिका खेलेको उहाँ सम्झना गर्नुहुन्छ। आफू मात्रै होइन श्रीमती अमीता पाँडेले नेपाली संस्कृति र जनजीवन झल्किने पुतली बनाउने र ती कला विभिन्न मुलुकमा एकल प्रदर्शनीसमेत गरिसकेको उहाँ बताउनुहुन्छ।
साहित्यकार प्राध्यापक रामकुमार पाँडेको चिनारीलाई साहित्यिक व्यक्तित्वले ओझेलमा पारेको छ। उहाँ एक कुशल कलाकारसमेत हुनुहुन्छ। नेपालको संस्कृति, प्रकृति र दर्शनलाई प्रकाशमा ल्याउने किसिमका कलाकृतिहरू सिर्जना गर्नुसँगै उहाँले विदेशका विभिन्न मुलुकमा तिनको एकल प्रदर्शनीसमेत गरिसक्नुभएको छ। व्यङ्ग्यचित्रका साथै उहाँले विशेषत: नेपाली कागजमा ‘उडकट प्रिन्ट’ चित्रहरू प्रशस्त रचना गर्नुभएको छ। ती चित्रहरूलाई आफूले धेरै विदेशी माझ प्रदर्शन गरी नेपाली संस्कृति र पूर्वीय दर्शनप्रति चासो जगाउँदै आएको उहाँ बताउनुहुन्छ। उहाँले रेखाचित्र, जलरङ, तेलरङ आदि विविध माध्यममा दृश्यचित्र, गाउँघर मन्दिरहरू, व्यक्तिचित्र आदि बनाउनुभएको छ।
आफू चित्रकलामा कहिलेदेखि कसरी लागेँ र के के गरेँ भन्ने लाग्छ भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ– “प्राथमिक स्कूलदेखि चित्र बनाउन कोसिस गर्दा सिक्न नसके पनि आफ्नै प्रयासले बेलाबखत चित्र कोर्थें र स्कूलमा अप्सनल पेपर ड्रइङ्ग लिएर एसएलसी पास गरेको थिएँ। त्यस ताका पृथ्वीनारायण शाहको पोस्टर बनाएँ । स्कूलले त्यसलाई अफिसमा सजायो। पछि लिङ्कन, गान्धी, लेनिन बनाएँ र पोट्रेटमा सोख बसेको थियो। दृश्यचित्र तथा क्युबिक आर्ट पनि बनाएँ। क्युबिक कलामा बालकृष्ण सम परीक्षक भएको मेरोे प्रथम प्रदर्शनीमा दोस्रो भएको थिएँ। कलेजपछि केही चित्र बनाउदै विश्वविद्यालयको जागिरमा पनि तैलचित्र बनाएँ। केही बिक्री भयो। म कार्टूनमा पनि २०२२ सालमै ‘मायालु’ मनोरञ्जनात्मक पत्रिकामा केही ब्यङ्ग्यचित्र छापिएका र त्यतिबेलादेखि नै कलाक्षेत्रमा लागेको थिएँ। कार्टून सम्बन्धी मेरो पहिलो पुस्तक अङ्ग्रेजी भाषामा प्रकाशित छ।”

नेपाली कलाको विकासका लागि छुट्टै एकेडेमीसमेत स्थापना भइसकेको छ। पहिलेको तुलनामा अहिले कस्तो वातावरण पाउनुभएको छ ? साहित्यकार एवं कलाकार प्रा. रामकुमार पाँडे भन्नुहुन्छ– “तत्कालीन नेपाल ललितकला संस्था (नाफा) मा सल्लाहकार सदस्य हुँदा पहिलो पटक उडकट चित्र बनाएको उहाँ बताउनुहुन्छ। मैले नाफामा रहेर ‘कलाकृति’ नामक पत्रिकाको सम्पादन पनि गर्दै आएको थिएँ। कला सम्बन्धी लेखहरू पनि २०२० सालदेखि लेख्दै छु, तर पछिल्लो समय छुट्टै एकेडेमीले मलाई चिनेको देखिएन।”

नेपाली कलाको विकासका लागि छुट्टै एकेडेमीसमेत स्थापना भइसकेको छ। पहिलेको तुलनामा अहिले कस्तो वातावरण पाउनुभएको छ ? उहाँ भन्नुहुन्छ– “तत्कालीन नेपाल ललितकला संस्था (नाफा) मा सल्लाहकार सदस्य हुँदा पहिलो पटक उडकट चित्र बनाएको उहाँ बताउनुहुन्छ। मैले नाफामा रहेर ‘कलाकृति’ नामक पत्रिकाको सम्पादन पनि गर्दै आएको थिएँ। कला सम्बन्धी लेखहरू पनि २०२० सालदेखि लेख्दै छु, तर पछिल्लो समय छुट्टै एकेडेमीले मलाई चिनेको देखिएन।”


आफूले विगतमा विभिन्न साहित्यिक नाममा तत्कालीन विकृति, विसङ्गतिका विरूद्ध साहित्य र कलाका माध्यमबाट लेखेको उहाँ बताउनुहुन्छ। कार्टुन सम्बाद स्तम्भमा त उबेलामै ‘रमकमर’ नाममा कार्टुन छापिन्थे। हाँसने घरका परिकल्पनाकार संस्थापक रहनुभएका उहाँको संलग्नता हास्यव्यङ्ग्य समाज नेपाल (हासने), नेपाल हाइकु केन्द्र, साहित्य सञ्चार नेपाल, शहीद चिनियालाल प्रतिष्ठान, नेपाल भूगोल केन्द्र र विश्व परम्परागत कविहरूको प्रतिष्ठानका अध्यक्षमा पनि कार्यरत हुनुका साथै बालसाहित्य समाज स्थापनाका प्रस्तावक संस्थापक सदस्य, बालबाङमय तथा अनुसन्धान केन्द्रका प्रमुख सल्लाहकार, पेन अन्तरराष्ट्रिय नेपाल च्याप्टरका उहाँ अध्यक्ष हुनुहुन्छ।
वि.सं. २००३ असारमा ललितपुरस्थित जावलाखेलमा जन्मनुभएका पाँडेले भूगोल र सामाजिक शिक्षामा स्नातकोत्तर तथा उचाइ भूगोलमा शोध विशिष्टीकरण गर्नुभएको छ। २०१८ सालमा ललितपुरबाट प्रकाशित हुने युवा पत्रिकामा आफ्नो पहिलो रचना ‘म अग्लो भएँ’ हास्यव्यङ्ग्य छापिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार ‘ख्याल ख्याल’ शीर्षकको उहाँको पहिलो पुस्तक २०२३ सालमा छापियो। त्यसयता उहाँका महत्वपूर्ण पुस्तकहरू सञ्चै छ, खप्पर, रसरङ्ग, मोज गर्नोस्, बाह्रमज्जा, बाबुको बिहे, सिङ न पुच्छर आदि छन्। यी पुस्तकहरू नेपाली हास्यव्यङ्ग्य साहित्यका मानक मानिन्छन्। नेपाल परिचय, नेपाल कीर्तिमान, सामाजिक शिक्षा शिक्षण, यति टेल्स, अल्टिच्युड जियोग्राफी, ए केस अफ अल्टिच्युड इन जियोग्राफी, नेपालको भौतिक भूगोल आदि पुस्तक पनि उहाँका गहकिला कृति हुन्। जापानको समग्र चिनारी दिने कृति पनि उहाँको अर्को उपलब्धिमूलक कृति गनिन्छ।
साहित्यकार एवम् प्राध्यापक रामकुमार पाँडेको खास परिचय भनेको हास्यव्यङ्ग्यकार हो। उहाँले ‘नेपाल परिचय’ का लेखकका रूपमा पनि ख्याति कमाउनुभएको छ। त्यस्तै हाइकु लेखक तथा यतिका खोजकर्ता, अनुसन्धानकर्ताका साथै भूगोलका ज्ञाता त उहाँ हुनु नै भयो। भूगोलका प्राध्यापक पाँडेले लगभग चार दशकसम्म अविच्छिन्न त्रिभुवन विश्वविद्यालयमा पढाउनुभयो। त्यहीबीचमा साहित्यका सबै विधामा आफू सक्रिय भएर लागेको उहाँ बताउनुहुन्छ। उहाँले विशेषत: व्यङ्ग्य विधामा प्रसिद्धि कमाउनुभएको छ। व्यङ्ग्यक्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदरसहित उहाँलाई २०७७ सालमा १,००,००० रूपियाँ राशिको ‘भैरव व्यङ्ग्य पुरस्कार’ प्रदान गरिएको थियो। त्यसअघि २०५९ सालमा उहाँलाई १,११,१११ रुपियाँको ‘बासुदेव लुइँटेल हास्यव्यङ्ग्य पुरस्कार’ पनि प्रदान गरिएको थियो। यो दुबै पुरास्कर राशि मिलाएर उहाँले नेपाल बाल बाङ्मय तथा अनुसन्धान केन्द्रमा बीस वर्षमुनिका बाल तथा किशोरको उत्कृष्ट पुस्तकलाई दिनेगरी पुरस्कार स्थापना गर्नुभएको छ।

साहित्यकार एवम् प्राध्यापक रामकुमार पाँडेको खास परिचय भनेको हास्यव्यङ्ग्यकार हो। उहाँले ‘नेपाल परिचय’ का लेखकका रूपमा पनि ख्याति कमाउनुभएको छ। त्यस्तै हाइकु लेखक तथा यतिका खोजकर्ता, अनुसन्धानकर्ताका साथै भूगोलका ज्ञाता त उहाँ हुनु नै भयो।

पाँडे भन्नुहुन्छ– “पृथ्वीनारायण शाहका बफादार सेनापति कालु पाँडेसँग मेरो वंशवृक्षको नाता रहेको छ। मेरो परिवार शताब्दी अघिदेखि जाउलाखेल क्षेत्रमै बसेको छ। केही वर्ष नागबहालमा पढेर धोबीघाटको कालो बङ्गला स्कुलमा भर्ना भएँ। स्थानीय स्कूलमा प्राथमिक तह सकेपछि पाटन हाइस्कुलमा पढेँ। त्यही हाइस्कुल नै मेरो कला र साहित्यको आधारभूमि बन्यो। कविता, गीत, कथा, चित्र र व्यङ्ग्य लेख्ने वातावरण स्कुलकै माहोलमा पाएँ। म भलिबल खेल्न पनि अगाडि थिएँ। चित्र कोर्न, कविता लेख्न, हाजिरीजवाफ खेल्न, जात्रामा साथीहरूसँग रमाउन पनि अघि सर्थें। पाटन स्कुलको त्यो जोशिलो ठिटो मै थिएँ, जो जुनसुकै काम गर्न सुरिइहाल्थ्यो। त्यही बानी जीवनभरि बसेपछि म आदतको दास नै भएँ।”
२०२३ सालमा पाटन कलेजमा एकदिन ‘बृहत् शैक्षिक प्रदर्शनी’ भयो। त्यहाँ विज्ञान, साहित्य, कला, इतिहास, सिर्जनात्मक शिल्पको प्रदर्शनी हुने थियो। त्यहाँको नेपाली विभागको प्रदर्शनीको जिम्मा पाँडेले पाउनुभयो। ती दिन सम्झिँदै रामकुमार पाँडे भन्नुहुन्छ– “प्रदर्शनीको मौकामा अरूले भन्दा के नयाँ गर्ने त ! मेरो मनले सोचिरह्यो। मैले ठूलो वृक्षको चित्र बनाएँ। त्यसको हाँगामा नेपाली साहित्यका विभिन्न विधाको नाम लेखेँ। प्रत्यक पातमा देवकोटा, लेखनाथ, मबीबी शाहको नाम लेखेँ। जरामा ‘जुम्ला–सिँजा’ लेखेँ। प्रदर्शनीको उदघाटनका दिन राजा महेन्द्रको सवारी भयो। नेपाली प्रदर्शनी कोठा हेर्न लाग्दा एकजना साहित्यकारको तस्बिर देखाउँदै महेन्द्रले मलाई सोधे, ‘यो को हो बाबु ?’ मैले हत्तपत्त, ‘उहाँ बीपी हुनुहुन्छ सरकार !’ भनें। बीपी भन्ने बित्तिकै राजाका आसेपासे सशङ्कित भए। पाश्र्ववर्ती जर्नेलले त पाँडेका तिघ्रामा चिमोटेर चुप लाग्ने इशारा नै गरेका थिए। तैपनि नडराइ राजाको पिछा गरेर ‘अटोग्राफ’ मागेँ। राजाले हस्ताक्षर गरी १९६६ लेखिदिए, जुन मसँग अझै सुरक्षित छ। मलाई लाग्छ मैले कति जानेर लेखें, कति नजानी लेखें तर लेख्नुपर्छ भनेर भित्री मनमा सङ्कल्प थियो। त्यसैअनुसार लेखें।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार १५:२१