काठमाडौँ । राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगले लालपुर्जा वितरण नगर्न निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न नहुँदासम्मको लागि लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू स्थगित गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनमा स्वच्छता निष्पक्षतको लागि जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नाप जाँच गर्ने, जग्गाको निस्सा र जग्गाको लालपुर्जा वितरण गर्ने जस्ता कार्यहरू पनि स्थगित गर्न भूमि आयोगलाई निर्देशन दिइएको छ ।
त्यसको जानकारी २ दिनभित्र दिनसमेत भूमि आयोगलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । त्यस्तै, तिनै तहको सरकारलाई आफ्नो खर्चमा वैदेशिक भ्रमण नगर्न पनि आयोगले निर्देशन जारी गरेको छ।
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार १५:३९