काठमाडौं । ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी प्रहरीले जनाएको छ ।बिहीबार बिहान महालक्ष्मी नगरपालिका–८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार १५:४२