काठमाडौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज बयानका लागि फेरि बोलाएको छ। समितिले पुरक प्रश्नका लागि जबरालाई शुक्रबार बिहान ९ बजे बोलाएको समितिका एक सदस्यले बताए। यसअघि चोलेन्द्रसँग समितिले ४३ वटा प्रश्न सोधिसकेको छ।यसबीचमा बयानका क्रममा उनले आरोपित गरेका सात जना वकिलसँग समितिले बिहीबार बयान लिएको छ। यस्तै, उनले आरोपित गरेका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाएपनि उनीहरु उपस्थित भएनन्।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार ००:२८