जीवन शर्मा
काठमाडाैं,३१ भदाै । नेपाली कांग्रेसका युवा नेता राजेन्द्रकुमार केसी (राजन) को चर्चा त्यस बेला चुलियो जतिबेला उनले काठमाडौंको क्षेत्र नम्बर १० बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादीकेन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई हराए । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा अत्याधिक मतका साथ (रोल्पा र काठमाडौं) दुइ ठाउबाट विजयी भएर प्रधानमन्त्री समेत बनिसकेका प्रचण्डलाई केसीले २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा हराएका हुन् ।
केसीले २० हजार मत ल्याउदा प्रचण्डले १३ हजारको हाराहारीमा ल्याएका थिए । प्रचण्डलाई हराउने उनै राजन केसीले ०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले–माके गठबन्धनका उमेद्वार नेकपा माओवादीका प्रभावशालि नेता हितमान शाक्यलाई पछारे । यसरी उनी दशक यता निरन्तर संसदमा छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका केसी २०४६ सालबाट नेपाली कांग्रेसको पूर्णकालीन कार्यकर्ता भएर काम गर्दै २०५९ मा गाउँविकास समितिको वडा अध्यक्ष बने ।
पछि जिल्ला विकास समिति सभापति समेत भएर काम गरेका केसी क्षेत्र नम्बर १० को क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका पात्र हुन् । निरन्तर जनताका काममा सक्रिय भएर लागेकै कारण काठमाण्डौ १० का जनता माझ उनको लोकप्रियता कायमै रहेको छ ।
अघिल्लो पटकको निर्वाचनमा एमाले–माके गठबन्धन हुँदा समेत जनताले पत्याएका नेता केसी यस पटक पनि काठमाडौं १० बाट पार्टीको तर्फबाट एकल दावेदान् । अघिल्लो चुनावको समिकरण यस पटक परिवर्तन भएको छ । नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र सहित पाँच दलिय गठबन्धन तालमेल गरेर चुनावमा जाने निश्चित भएको छ । यो नाव जित्ने अवस्थामा छन् । ३ वटा नगरपालिका रहेको काठमाडौं क्षेत्र नम्बर १० बाट केसी टिकट पाउनेमा ढुक्क जस्तै छन् ।
पार्टीले आकांक्षिहरुको नाम सिफरिस गरि पठाउनेवेलामै केसीको एकल नाम सिफरिस भएपछि टिकट प्राप्त गर्ने करिव पक्का जस्तौ भएको हो । वर्तमान सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने भएपछि नेताहरुले २०७४ मा चुनाव जितेको निर्वाचन क्षेत्र नचलाई एमालेले जितेका क्षेत्रहरुमा मात्रै भागबण्डा गर्ने निति अघि सारेका थिए । केसीलाई यो नितिले पनि टिकट लिनका लागि सजिलो भएको छ ।
२०७० को संविधानसभा र ०७४ को संसदीय निर्वाचनमा लोकप्रिय मतका साथ निर्वाचित केसी काठमाडौं १० का नागरिक माझ अहिले पनि उत्तिकै लोकप्रिय उमे्दवार भएको नेपाली कांग्रेसको बुझाइ छ । सत्ता गठबन्धनको भागबण्डामा समेत काठमाण्डौ १० कांग्रेसले पाउने सहमति भैसकेको अवस्था छ । नेपाली कांग्रेसले नै जित्दै आएको यस क्षेत्रको जनमत कांग्रेसकै पक्षमा रहेको केसीले बताए । उनी भन्छन्,–‘पार्टीका साथिहरुले मेरो मात्रै नामसिफरिस गर्नुभएको छ, सम्भवत जनमतका आधारमा पार्टीले मलाई मुल्यांकन गर्छ भन्ने लागेको छ ।’
यस क्षेत्रमा रहेका नगरपालिमा मध्य कीर्तिपुर नगरपालिका नेवार समुदाय बाहुल्य भएको सहर हो । यहाँ नेवार जातिको संस्कार र संस्कृति आकर्षणको विषय रहेको छ । त्यस्तै, चन्द्रागिरी नगरपालिका राजधानीको प्रवेशद्वार हो । जहाँ प्रचुर उद्योगधन्दा र केबुलकारलगायत पर्यटकीय विकास निर्माणका कुरामा समेत राम्रो सम्भावना छ । अर्को दक्षिकाली नगरपालिका जहाँ कृषिको यथेष्ट सम्भावना रहेको छ । चाहे तरकारी खेती होस् चाहे खाद्यान्न बालीको कुरा होस् अथवा फलफूल लगायतको कुरा होस्, यहाँ बढी सम्भावना छ । यो धार्मिक शहरका रूपमा विकास हुँदै गएको छ । यहाँ मुलुकभरिका मानिसहरूले दक्षिणकाली माताको दर्शन गर्न आउने गरेका छन् । यो क्षेत्र विविधताले भरिएको छ ।
यी ठाउँको आवश्यक्ता र सम्भावना पहिचान गरेर काम गरेको उनी बताउँछन् । उनी भन्छन्,–‘कीर्तिपुर भित्रको मूल क्षेत्रमा मैले त्यहाँ भएको सम्पदाहरूको संरक्षण गर्ने, नेवार जातिको परम्परागत संस्कार र संस्कृतिलाई संरक्षण गर्नेगरी काम गरेको छु । त्यस्तै, दक्षिणकालीमा तरकारी फलफूल खेतीलाई जोड दिएको र धार्मिक सहरका रूपमा विकास गर्नका लागि आवश्यक योजनाहरू ल्याएको छु । चन्द्रागिरीको सन्दर्भमा पर्यटकीय क्षेत्रका रूपमा विकास गराउन पूर्वाधार विकासका लागि काम गरेर यस क्षेत्रको समृद्धिका लागि निरन्तर लागेको छु ।’ अवको पाँच वर्ष विशेषगरी श्रम र उत्पादनका क्षेत्रमा काम गर्ने, र त्यहाँ बेरोजगार युवा र गृहिणी महिला सहितका नागरिकलाई जोड्ने योजना बनाएको नाए । ‘यी नै कुरालाई पूरा गर्नका लागि निरन्तर लागिरहेकाले मलाई यहाँका जनताले मत दिएर संसद्मा पठाउनुहुन्छ भन्ने विश्वास गरेको छु ।’
केसीले शैद्धान्तिक बैचारिक कुरा भन्दा पनि नागरिकको खास खास समस्यालाई सम्बोधन गर्दै आएको बताए । जनतालाई नितिगत कुरा भन्दापनि जनजिविकाका सावललाई प्रथमिक्ताका साथ काम गरेकाले काठमाण्डौ १० का जनताहरु आफुसँग बेखुसी नरहेको उनको भनाइ छ । समानुपातिकको बन्द सूचीमा असोज २ र ३ गते पठाउँने निर्वाचन कार्यातालिका छ ।
प्रत्यक्ष तर्फका उमेद्वारहरुले असोज २३ गते उमेद्वारी मनोनयन गर्नुपर्ने छ । त्यसपश्चात टिकट टुंगो लाग्ने उहाँले बताउनुभयो । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक समस्या जटिल अवस्थामा पुग्ने संकेत देखेपछि पार्टी नेतृत्वले टिकटको टुंगो समेत अन्तिम अवस्थामा लगाउनेगरी गृहकार्य गरिहरेको छ ।
प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार ०५:३९