सन्दीप लामिछाने चढेको कतार एयर काठमाडौं अवतरण हुदै

सन्दीपकाे पर्खाइमा विमानस्थलमा तैनाथ प्रहरी



काठमाडौं । निरन्तरको वर्षाले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण हुन सकेको छैन्। वर्षाको कारण ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान अवतरण हुन नसकेको हो ।

विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को लगाएर बसेको छ । सन्दीपले फेसबुकमार्फत आज १० बजे कतार एअरवेजको विमानबाट नेपाल आइपुगेर प्रहरीसमक्ष आत्मसमपर्ण गर्ने बताएका थिए । सोही अनुसार विमानस्थलमा प्रहरीको टोली पुगेका छन् ।

प्रकाशित: २० आश्विन २०७९, बिहीबार १०:४४