सन्दीप चढेको कतार एअरवेजको विमान अवतरण


तरुण पत्रिका

२० आश्विन २०७९, बिहीबार १०:५४

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपलाी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण गरेको छ । मौसमको खराबीको कारण कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान आधा घण्टा ढिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । वर्षाको कारण ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को लगाएर बसेको थियो । सन्दीपले फेसबुकमार्फत आज १० बजे कतार एअरवेजको विमानबाट नेपाल आइपुगेर प्रहरीसमक्ष आत्मसमपर्ण गर्ने बताएका थिए । सोही अनुसार विमानस्थलमा प्रहरीको टोली पुगेका छन् ।

प्रकाशित: २० आश्विन २०७९, बिहीबार १०:५४