विमानस्थलबाट निस्कँदा अनुहारमा मास्स र हातमा हतकडी लगाएर निस्के सन्दीप



काठमाडौं । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट हतकडीसहित प्रकाउ गरेको छ । उनको हातमा प्रहरीले हतकडी लगाएर विमानस्थलबाट बाहिर निकालेको थियो । हतकडी रुमालले छोपेको थियो भने मुखमा माक्स लगाएको थियो । विमानस्थल ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको थियो। ठूलो संख्यामा प्रहरी खटाइएको छ । उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिएको छ ।

प्रकाशित: २० आश्विन २०७९, बिहीबार ११:१२