काठमाडौ । नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कतार एअरवेजको विमानबाट कतार हुँदै उनी बिहिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
आज विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीलेल महानगरीय प्रहरी वृत गौशालालाई सन्दीप बुझाएको हो। अब गौशाला वृत्तले सन्दीपमाथि लागेको आरोपको थप अनुसन्धान गर्नेछ।
प्रहरीले अनुसन्धानपछि रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाउँछ । सरकारी वकिलमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता हुन्छ ।
लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा ९३० ९घ० मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।
उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ ।
नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुनसक्छ ।
‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने यसको उपदफा ९२० मा भनिएको छ ।
‘घटनास्थल फरकफरक भएकाले यो अभियोग पनि आकर्षित हुनसक्छ, यद्यपि यो अनुसन्धानपछि टुंगिने विषय हो,’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।
यदि उनीविरुद्ध बाल यौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए थप तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । ख्यातिको आडमा बलात्कार भएको बाल यौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाहलाई अदालतले साढे २ वर्ष कैद सजाय तोकेको थियो ।
प्रकाशित: २१ आश्विन २०७९, शुक्रबार ०६:५८