काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु गोरखा-२ बाट उम्मेदवार बन्ने पक्का भएको छ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा(२ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले बताए।
उनी यसअघि चितवन-३ बाट निर्वाचित भएका थिए। अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्।
काठमाडौं( १० बाट दोहोर्याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा- २ र काठमाडौं-१० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं( १० बाट हारेका थिए भने सिरहा-५ बाट झिनो अन्तरले जितेका थिए। २०७४ मा चितवन-३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।
प्रकाशित: २१ आश्विन २०७९, शुक्रबार २१:२०