सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको सिट भागवण्डाको अन्तिम रुप (सूची)



काठमाडौ । लामो रस्साकस्सीपछि सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको सिट भागवण्डालाई अन्तिम रुप दिएको छ।गठबन्धनले १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको हो। तर यो सूचीमा शनिबारसम्म तलमाथि हुन सक्नेछ।

जनता समाजवादी पार्टी बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ८ देखि १० सिट दिने गरी भागवण्डा गरिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५,एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो।

गठबन्धनले विवाद रहेका बाँकी ४ सिटमा पनि शनिबारसम्म सहमति गर्ने भएको छ। शनिबार नै सहमति पत्रमा हस्ताक्षर गरेर २३ गते मनोनयनका लागि गठबन्धन तयार हुने भएको छ।

प्रकाशित: २२ आश्विन २०७९, शनिबार ०६:३९