काठमाडौ । चितवन छोडेर गोरखा जादै गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०लाई पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले जितको शुभकामना दिएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा प्रचण्ड र आफ्नो फोटो सार्वजनिक गर्दै गोरखा–२ जाने प्रचण्डको निर्णयलाई स्वागत समेत गरेका छन् । यो क्षेत्र भट्टराईको हो ।
‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृृदयैदेखि स्वागत गर्दछु,’ उनले लेखेका छन्, ‘वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना
प्रकाशित: २२ आश्विन २०७९, शनिबार ०७:२१