अस्वस्थ बुवा चन्द्रनारायण र आमा कोपिलाले आज गौशाला पुगेर भेटे सन्दीपलाई



काठमाडौं । बुवा चन्द्रनारायण र आमा कोपिलादेवीले आज दिउँसो गौशाला प्रहरी वृत्तमा पुगेर छोरा सन्दीपलाई भेटेका छन् । सन्दीपलाई आज उनका वयोवृद्ध आमाबुवा हिरासतमा भेटे । आफैँ अस्वस्थ अवस्थामा रहेका आमाबुवा सन्दीपलाई भेट्न आजै चितवनबाट काठमाडौं आएका थिए । उनीहरूले प्रहरीको रोहबरमा सन्दीपसँग केही बेर कुराकानी गरेको प्रहरी स्रोतले बतायो ।

कुराकानीका क्रममा तीनै जना भावुक बनेको प्रहरीको भनाइ छ । सन्दीपलाई भेटेर आजै चितवन फर्किने उनीहरूको तयारी थियो । फर्के÷नफर्केको भने प्रहरीले जानकारी दिएको छैन । सन्दीपविरुद्ध प्रहरीमा जाहेरी परेदेखि मानसिक तनावमा परेका आमाबुवा अहिले चितवनमै रहेको छोरीको घरमा बस्दै आएका छन् ।

सन्दीप नेपाल आएर आत्मसमर्पण गरेपछि भारतमा बस्ने उनका दाइ काठमाडौं आएका थिए । उनले दाजुको लगेज बुझेर लगेका छन् ।

प्रकाशित: २२ आश्विन २०७९, शनिबार २०:४२