काठमाडौं । यौनजन्य कसुरमा पक्राउ परेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने चार दिनदेखि गौशाला प्रहरीको हिरासतमा छन् । उनलाई त्यहाँ अन्य कैदी बन्दी सरह नै राखिएको छ । आफूलाई भेट्न आएकाहरूसँग सन्दीपले प्रहरीको व्यवहार र बसाइलाई लिएर कुनै गुनासो गरेका छैनन् । उनले सबैसँग आफू निर्दोष रहेको र आरोप निराधार रहेको दोहोर्याइरहेका छन् । सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘रुम अलिकति निसास्सिँदो भए पनि भित्रको माहोल ठिकै छ । प्रहरीले अहिलेसम्म सहयोगी व्यवहार गरिरहेका छन् ।’ सन्दीपले हिरासतभित्र सबै कैदीका लागि पाक्ने खाना नै खाइरहेका छन् । हिजो उनलाई परिवारजनले अलिकति ड्राइफ्रुट्सका साथै टावेल, ट्राउजर लगायतका लुगाफाटा पुर्याइदिएका थिए ।
सन्दीप गत बिहीबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएपछि उनीमाथि प्रहरी अनुसन्धान जारी छ ।
प्रकाशित: २२ आश्विन २०७९, शनिबार २०:५१