नवलपरासी पश्चिम १ बाट विनाेद चाैधरी चुनाव लड्ने



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । कांग्रेस संसदीय बोर्डको निर्णय अनुसार चौधरीले आजै बर्दघाट पुगी मनोनयन दर्ता गराउँदैछन् । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी यसपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् । सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी पनि चुनाव लड्दैछन् । त्रिपाठीलाई नेकपा एमालेले समर्थन गर्ने सम्भावना छ ।

प्रकाशित: २३ आश्विन २०७९, आईतवार १०:५४