काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौ – ४ बाट उम्मेदवारी दिने भएका छन् । उनले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेको उनी निकट स्रोतले जनाएको छ । यसअघिका दुईओटा निर्वाचनमा काठमाडौँ ४ बाटै निर्वाचित भएका उनी यसपाली भने सर्लाही( ४ बाट चुनाव लड्ने चर्चा चलेको थियो । थापा सर्लाही( ४ बाट एकल सिफारिस भएका थिए ।
प्रकाशित: २३ आश्विन २०७९, आईतवार ११:३५