काठमाडौं । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले टिकट वितरणमा पार्टी सभापति शेरबहादुर देउवाको विवेकको परीक्षण भएको बताउनुभएको छ ।
उहाँले आफूले टिकट नपाउनुबाट देउवाको विवेकको परीक्षण भएको रिजालको प्रतिक्रिया दिनुभएको छ ।उहाँले भन्नु भो उहाँबाट यस्ता काम हुनसक्छ भनेर देउवा होइन, अरु नै सभापति हुनुपर्छ भनेर उभिएको हुँ’, मैले टिकट पाउने ,नपाउने भन्दा कांग्रेसमा नेतृत्वमाथि औंला उठाउने अधिकार नहोला कि भन्ने चिन्ता बढेको छ ।’
स्वतन्त्र उम्मेदवारीको दवावमा जिज्ञाशा राख्दा डा रिजाल भन्नुहुन्छ ‘२०२५ सालमा बीपी कोइराला जेलबाट छुट्दा विमानस्थलमा स्वागत गरेदेखि कांग्रेसमा ५४ वर्ष भयो । कांग्रेसको माथिल्लो नेतृत्व बिग्रिए पनि आम कार्यकर्ताप्रति विश्वास छ, यो पार्टीलाई अझै बनाउन सकिन्छ भन्ने विश्वास छ ।’
गत प्रतिनिधि सभाकालमा प्रभावकारी भूमिका खेलेका शक्तिशाली नेता डा मिनेन्द्र रिजाल पार्टी सभापति शेरबहादुर देउवाको ‘बक्रदृष्टि’मा परेका छ । अघिल्लो चुनावमा मोरङबाट जितेका डा। रिजाललाई गत कांग्रेस महाधिवेशनमा देउवा होइन कि शेखर कोइराला सभापति हुनुपर्छ भन्ने अडान राखे वापत् नै उहाँलाई टिकटबाट वञ्चित गरिएको देखिन्छ । सभापतिका बारे उहाँको टिप्पणी छ , ‘मैले टिकट नपाउने निर्णयमा मेरो भन्दा पार्टी सभापति देउवाको ‘जजमेन्ट’बारे अरुले टिप्पणी गर्लान्, बोल्लान् नै । सँगै देउवाको विवेक र क्षमताको परीक्षण हुनेछ ।’ रिजाल ५४ वर्षदेखि कांग्रेसको राजनीतिमा निरन्तर र सक्रिय सहभागी नेता हुन् । २०२५ सालमा विश्वेश्वरप्रसाद कोइराला जेल मुक्त हुँदै विराटनगर जाँदा विमानस्थलमा स्वागत गर्न पुगेका थिए नेता डा रिजाल ।
कांग्रेसको गत महाधिवेशनका बेला डा। रिजाल कांग्रेस सभापतिका प्रत्यासी शेखर कोइरालाको पक्षमा उभिनुभएको थियो । डा रिजाल स्वयं कोइराला पक्षबाट महामन्त्रीका प्रत्यासी हुनुहुन्थ्यो । महामन्त्रीमा पराजित भए पछि मन्त्री पदबाट समेत राजीनामा दिँदै हारमा नैतिकता प्रदर्शन गर्नूभएको थियो ।
‘हो, मैले गएको कांग्रेस महाधिवेशनमा देउवासँग तपाईं होइन, शेखर कोइराला पार्टी सभापति हुनुपर्छ भनी उभिएको हुँ’ रिजालले इभननुभयो , ‘त्यसरी सभापतिलाई औंला देखाएवापत्को परिणाम मैले यतिखेर बेहोर्नु परेको हुन सक्छ । त्यसरी औंला उठाएवापत् देउवाले मलाई टिकट नदिनुभएको हुन सक्छ । औंला उठाउने अधिकार एउटा लोकतान्त्रिक पार्टीमा सुरक्षित हुनुपर्छ भन्ने मान्यतामा अडिग छु ।’
संसदमा कांग्रेसको उपस्थिति कमजोर भएका बेला प्रभावकारी भूमिका निर्वाह गरेर प्रतिपक्षको आवाज बलियो बनाएका डा रिजालले एमसिसिका बेला महत्वपुर्ण भुमिका निर्वाह गरेर प्रधानमन्त्री देउवालाई खुलेर ुहयोग गगर्नुभएको थियो ।
पछिल्लो समय देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेता डा।रिजालको साटो देउवाले महाधिवेशनको बेला कोइराला समूह छाडेर आफूलाई साथ दिएकी सुजाता कोइरालालाई टिकट दिएका हुन् ।
२०७४ मा कांग्रेसले प्रत्यक्षतर्फ २३ सीट जित्दा रिजालले वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए । रिजालमाथि देउवाले पुर्वाग्रह साँधेको टिप्पणी नेताहरुले गरेका छन् ।
प्रकाशित: २३ आश्विन २०७९, आईतवार १२:२४