चितवनमा तीन प्रतिनिधिसभाका लागि ५९ उम्मेदवार



काठमाडाैं,२४ असाेज । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चितवनबाट प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ गरी ९ वटा क्षेत्रमा जम्मा ११८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा अन्तर्गत चितवनका ३ निर्वाचन क्षेत्रमा ५९ जनाको उम्मेदवारी परेको छ । जसअनुसार चितवन–१ मा २० जना, चितवन–२ मा १८ जना र चितवन–३ मा २१ जनाले उम्मेदवारी दिएका छन् ।

चितवन–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि विभिन्न राजनीतिक दलबाट ९ र स्वतन्त्रतर्फबाट ११ जनाले उम्मेदवारी दिएका छन् । चितवन–२ मा विभिन्न राजनीतिक दलबाट १० र स्वतन्त्रबाट ८ जनाले उम्मेदवारी दिएका छन् । चितवन–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि विभिन्न राजनीतिक दलबाट ९ र स्वतन्त्र १२ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार चितवन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ पौडेल, नेकपा एमालेका सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट राप्रपाका मधुपकुमार भट्टराई, मंगोल नेशनल अर्गनाइजेसनबाट कुमारी थिङ, नेपाल मजदुर किसान पार्टीबाट अर्जुन प्रजा, जनता समाजवादी पार्टी नेपालबाट अजय ठाकुर ९हजाम०, एकीकृत शक्ति नेपालबाट नविन खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल र नेपाल सुशासन पार्टीबाट गोविन्द्रप्रसाद रिजालले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट स्वतन्त्र रुपमा ओमकृष्ण थपलिया, तिलकमणी पाठक, राजेन्द्रप्रसाद बुर्लाकोटी, बिष्णु लामा, दीपक पाठक, कुमार आचार्य, जीवन थिङ, उत्सव धमला, शिवराज उप्रेती, अरुणकुमार उप्रेती र राजन न्यौपानेले उम्मेदवारी दिएका छन् ।

चितवन–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबनधनबाट कांग्रेसका उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेलले उम्मेदवारी दिएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, राप्रपाबाट रविन अधिकारी, हाम्रो नेपाली पार्टीबाट अमृत तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट टेकबहादुर तमाङ, जन समाजवादी पार्टी नेपालबाट प्रभा त्रिपाठी, जनता समाजवादी पार्टीबाट मुस्तफा अली, राप्रपा नेपालबाट सुनिल कुमार क्षेत्री, नेमकिपाबाट ज्ञानेन्द्र प्रजाले पनि सो क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट अंगुर पन्त, खेमराज भट्टराई, जगदिश अर्याल, देवराज पौडेल, देविका कुँवर, भास्करचन्द्र न्यौपाने, सुदर्शन प्रधान र सुन्दर डल्लाकोटीले उम्मेदवारी दिएका छन् । चितवन–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा। भोजराज अधिकारीले र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रमा चुनाव लड्न राप्रपाबाट केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पनि उम्मेदवारी दिएका छन् ।

यस्तै, जसपाबाट काशीम मिया, राष्ट्रिय जनमुक्ति पार्टीबाट जंगबहादुर पुन मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बराल, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले, नेमकिपाबाट पदम थापा मगर, मंगोल नेशनल अर्गनाइजेसनबाट फैन्द्रजंग गुरुङले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा चन्द्रबिलास अधिकारी, जगन्नाथ पौडेल, ताराप्रसाद पौडेल, तारानाथ पौडेल, दिनेश कोइराला, नन्दराज उपाध्याय, बद्री सिलवाल, बासुदेव सापकोटा, भिम्सिन बस्नेत, राजन सापकोटा, सुमित्रा राई गिरी र हरि तामाङले उम्मेदवारी दिएका छन् ।

प्रकाशित: २४ आश्विन २०७९, सोमबार १२:०४