काँग्रेस नेता गुरुराज घिमिरेलाई भेटन पुग्नुभो डा कोइराला बिराटनगरस्थित नोबल अस्पतालमा



बिराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबिराटनगरस्थित नोबल अस्पतालमा पुगेर कांग्रेस पुर्व केन्द्रीय सदस्य तथा मोरङ् क्षेत्र नं -४ प्रदेश (क) का प्रदेश सभा उमेदवार गुरुराज घिमिरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । डेंगुबाट अस्वस्थ भएर बिराटनगरस्थित नोबल हस्पिटलमा उपचार गराईरहनु भएका कांग्रेस पुर्व केन्द्रीय सदस्य घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ । नेता डा कोइरालाले चिकित्सकहरसंग परामर्श गर्नुभएको थियो ।नेता घिमिरेको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित: २४ आश्विन २०७९, सोमबार १६:५४