काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारले आज मनोनयन फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगका अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएको दुवै तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता लिन समय दिइएको छ । यस्तै, आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।
प्रकाशित: २६ आश्विन २०७९, बुधबार ०६:४७