बाजागाजासहित मनोनयन दर्ता गरेकोमा प्रचण्डलाई आयोगले सोध्यो प्रष्टीकरण



काठमाडौ । निर्वाचन आयोगले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ। उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजागाजासहित गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले प्रचण्डलाई प्रष्टीकरण सोधेको हो। यस विषयमा आयोगले प्रचण्डलाई सात दिनभित्र जवाफ पेश गर्न भनेको छ।

प्रस्तुत सन्दर्भमा यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा ९पञ्चेबाजा०को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्जेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०५९ को दफा १३ को उपदफा ९१० को खण्ड (ग) को व्यवस्थाको उल्लंघनमा किन कारवाही गर्नु नपर्ने होरु यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध गरिन्छ,’ आयोगले भनेको छ। प्रचण्डले यसपटक गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २७ आश्विन २०७९, बिहीबार ०६:४४