नायिका बर्षा सिवाकाटीले किन गरिन श्रीमान् आशिषलाई ‘अनफलो’ ?



काठमाडौ । बैशाखको ९ गते अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बैबाहिक जीवनमा बाँधिएकी नायिका वर्षा सिवाकोटी विगत केही समयदेखि नेपालमै छिन् । बिहे गरेको केही समयपछि अमेरिका पुगेकी वर्षा केही महिना उतै बसिन् । तर, अमेरिकामा श्रीमान्सँग बस्दै आएकी वर्षा दशैं अगाडि नै नेपाल फर्किएकी हुन् । यसपछि भने उनी आफ्नी आमासँग घुमघाममा बढी व्यस्त भएको देखिन्छ ।वर्षा केही दिन अगाडि मात्र आमाको साथमा सिंगापुर र थाइल्याण्ड पुगेर फर्किएकी छिन् ।

अमेरिकाबाट फर्किएपछि पनि वर्षा नेपाली मिडियामा खासै देखिएकी छैनन् ।बरु, वर्षाले आफ्ना श्रीमान् आशिषलाई सामाजिक संजालबाट अनफलो गरेकी छिन् । यस्तै, वर्षाका श्रीमान् आशिषले पनि उनलाई अनफलो गरेको देख्न सकिन्छ । यस्तै, वर्षाकी आमा दुर्गा सिवाकोटीले पनि आशिषलाई अनफलो गरेकी छिन् ।वर्षाले सामाजिक संजाल इन्स्टाग्रामबाट पनि आशिषसँगका अधिकांश तस्वीर हटाएको देख्न सकिन्छ । उनले, बैबाहिक जीवनमा बाँधिएको दिनका तस्वीरबाहेक अरु आशिषसँगका तस्वीर हटाएकी छिन् ।

नेपाल आएपछि पनि वर्षाले आशिषसँगका कुनै पनि तस्वीर पोष्ट गरेको देख्न सकिदैन । यसले, बिहे गरेको केही महिनामा नै उनीहरुको सम्बन्धमा खटपट आएको त होइन भन्ने आशंका पैदा गरेको छ । यस बिषयमा त अझ स्पष्ट रुपमा वर्षाले नै मिडियालाई जानकारी गराउलिन् ।वर्षाले आशिषसँग बैशाख ९ गते काठमाडौंको एक पार्टी प्यालेसमा सिमित आफन्तको उपस्थितीमा बिहे गरेकी थिइन् ।

प्रकाशित: २९ आश्विन २०७९, शनिबार १५:४२