घरदैलोमा पूर्वप्रधानमन्त्री माधव नेपाल



आसन्न निर्वाचनमा मत माग्न गठबन्धनमा नेताहरूले प्रचारप्रसारलाई तीव्ररूपमा अगाडि बढाएका छन् । रौतटहमा चारवटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं १ को निर्वाचन रोचक हुने देखिएको छ ।

यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन् । यहाँ मुख्यगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल र नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिए छ । निर्वाचन क्षेत्र नं १ मा छ पालिका छन् । नेपालले भेडियाही, सरुअठा, मोतिपुर, हजमिनिया गाउँमा घरदैलो कार्यक्रम गरेका छन् ।

प्रकाशित: ३० आश्विन २०७९, आईतवार १९:५८