तिहार सबैको घरदैलोमा : आजबाट यमपञ्चक सुरु



बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ।भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निकै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ

धनतेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धनतेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छअनुसार तपाईँले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ ।

मूर्ति लिँदा माता लक्ष्मीजी कमलको पुष्पासनमा बसेकै हुनुपर्दछ भन्ने गरीएकाे छ । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ । धनतेरसको अवसरमा भाँडाकुँडा खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा ईशान कोणमा लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन ।

धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन । धनतेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ।आजको दिनबाट लक्ष्मी उत्सव सुरु हुने भएको हुनाले आज पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्त्वपूर्ण मानिन्छ।

प्रकाशित: ५ कार्तिक २०७९, शनिबार ०६:२५