काठमाडौं । त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले ४० जना पक्राउ गरेको छ । नेपाल र युएईबीच भइरहेको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । बेटिङमा संलग्न रहेको आशंकामा ४० जनाभन्दा बढीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ ।
कीर्तिपुर प्रहरी वृत्तमा राखेर स्क्रिनिङको काम भइरहेको सीआईबी स्रोतले बतायो। ‘ नियन्त्रणमा लिएका सबै जना संलग्न नहुन सक्छन्। त्यही छुट्याउने काम भइरहेको छ’ सीआईबीका एक उच्च अधिकारीले भने। पक्राउ परेकाहरुबाट मोबाइल र रकम बरामद गरेको छ ।
प्रकाशित: २ मंसिर २०७९, शुक्रबार ११:५३