काठमाडौं– आइतबार बिहान ७ बजे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान सुरु हुँदैछ। साँझ ५ बजे मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी गणना सुरु हुनेछ।
मतगणना गर्दा ७ किसिमको अवस्थामा मतपत्र भेटिए त्यसलाई बदर गरिने निर्वाचन आयोगले जानकारी दिएको छ। तसर्थ बदर नहुने गरी मतदान गर्न आयोगले मतदातामा आग्रह गरेको छ।
यसपालिको चुनावमा करिब १ करोड ८० लाख मतदाता छन्।
मतपत्र बदर हुन सक्ने सात अवस्था
१. दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बिचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।
२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा
३. स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा
४. मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा
५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा
६. मतपत्र च्यातिएमा
७. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा
प्रकाशित: ३ मंसिर २०७९, शनिबार २१:००