कांग्रेस नेता शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा गरे मतदान


तरुण पत्रिका

४ मंसिर २०७९, आईतवार ०८:११

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले विहान ७:४५ बजे सो मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

मतदानपछि उहाँले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिनुभयो । नेता कोइरालाले दण्डहीनताको अन्त्य गर्दै सुशासन र मुलुकको आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । आफू निर्वाचित भएर गएपछि दण्डहीनता अन्त्य र सुशासनका पक्षमा संसदमा सधैँ आवाज उठाउने चर्चा गर्नुभयो । “मुलुकमा अहिले दण्डहीनता मौलाउँदै गएको छ । जनताले सुशासनको प्रत्याभूति गर्न छाडेका छन्,” कोइरालाले भन्नुभयो, “दण्डहीनताको अन्त्य गरी सुशासनमात्रै कायम गर्न सकियो भने मुलुकको विकास समृद्धि हुन्छ ।” 

यो निर्वाचनले सङ्घीयता र लोकतन्त्रलाई थप बलियो बनाएको उहाँले बताउनुभयो । कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो । 

प्रकाशित: ४ मंसिर २०७९, आईतवार ०८:११