बारामा ६६.८७ प्रतिशत मत खस्यो



बारा । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत कास्कीमा ६६।८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराले बताएको छ । जिल्लाभर ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता थिए जसमध्य २ लाख ८९ हजार ८ सय ४१ मत मतदान गरिएको हो ।

बारामा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । बारामा ३ सय ५ मतदान स्थल र ५ सय ५५ मतदान केन्द्र छन् । जिल्लाको मतदान सामान्य हिसावमा सकिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । योसँगै मतपेटिका संकलन सुरु गरिएको छ ।

प्रकाशित: ४ मंसिर २०७९, आईतवार २०:३१