काठमाडौँ–४ मा काँग्रेस महामन्त्री थापाको अग्रता



काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ । आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार पाँच सय ११ मतमा नेपाली कांग्रेसका गगन थापाले छ सय ६८ मतसहित अग्रता लिनुभएको छ ।

यस्तै नेकपा (एमाले)का राजन भट्टराईले छ सय ३३ मत ल्याएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा ठाकुर मोहन श्रेष्ठले ६५ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्रतर्फका उम्मेदवार अर्जुनकुमारले २८ र अर्चनशम्शेर राणाले १९ मत प्राप्त गर्नुभएको छ भने ३८ मत बदर भएको छ ।

प्रकाशित: ५ मंसिर २०७९, सोमबार १३:२२