काठमाडौं–४ मा राजनलाई ४४४ मतले पछि पार्दै गगन थापा अगाडी


तरुण पत्रिका

५ मंसिर २०७९, सोमबार १४:०४

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना जारी छ । प्राप्त पछिल्लो तथ्यांक अनुसार अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ को मतगणना भइरहेको छ । 

हालसम्म खसेको ४ हजार २१६ मतमध्ये गठबन्धनको तर्फबाट साझा उमेदवार नेपाली कांग्रेसका गगन कुमार थापाले २ हजार मत प्राप्त गरेका छन् । यता, एमालेका राजन भट्टराईले १ हजार ५८२ मत पाएका छन् ।

प्रकाशित: ५ मंसिर २०७९, सोमबार १४:०४