काठमाडौं– प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फको मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अघि बेलुकी साढे ७ बजेसम्म देशभर २१ हजार समानूपातिक मत गणना भएको छ ।
आयोगको विवरण अनुसार, नेपाली कांग्रेस करिव ३० प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि छ भने एमालेले २५ प्रतिशतको हाराहारीमा मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८ प्रतिशत र माओवादी केन्द्रले १० प्रतिशत हाराहारीमा मत पाएको छ ।
प्रकाशित: ५ मंसिर २०७९, सोमबार २०:५६