काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ५मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। पछिल्लो तथ्यांक अनुसार प्रदीपले ४९९७ मत पाएका छन्। उनका प्रतिस्पर्धी इश्वर पोखरेलले ३५७८ मत पाएका छन्। १५ हजार ४७२ मत गन्दा उनीहरूबीच १४१९ मतको अन्तर छ। प्रदीपले यहाँ सुरूवात देखि नै अग्रता लिँदै आएका छन्।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार ०६:१७