काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४का उम्मेदवार गगन थापाले मतान्तर फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले १७ हजार ५१६ मत पाइसकेका छन्। यता नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ११ हजार ९४८ मत पाएका छन्। अहिलेसम्म काठमाडौंको वडा १, ७ र बुढानिलकण्ठको वडा १,२, ८,९, १०, ११, १२, १३ को मत गणना भएको हो। यति मत गणना हुँदा उनीहरूबीचको मत अन्तर ५५६८ छ।
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार ०६:४०