कांग्रेसका विनोद चौधरीलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरी


तरुण पत्रिका

६ मंसिर २०७९, मंगलवार ११:०२

परासी । नवलपरासी पश्चिमको क्षेत्र नं। १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् ।

नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् । रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि छन् । चौधरीले ३३५८ र रास्वपाका ठकुरीले ३ हजार ५१ मत पाएका छन् ।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार ११:०२