चितवन-२ मा १० हजार बढी मत गन्दा रवि लामिछाने तेस्रो



चितवन । चितवन क्षेत्र नम्बर २ मा १० हजार बढी मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले निरन्तर अग्रता कायम राखेका छन्। १०४६८ मत गणना हुँदा पोखरेलले ३६२३ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २९७८ मतसहित तेस्रो स्थानमा छन्। अहिलेसम्म इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार ११:४९