सुर्खेत -२ मा एमालेका बुढा क्षेत्रीलाई ३ हजार मतान्तरमा हृदयराम थानीको अग्रता



सुर्खेत । प्रतिनिधि सभातर्फ सुर्खेत-२ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। सोमबारदेखि सुरू भएको मतगणनाअनुसार गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले सुरूआती अग्रता कायमै राखेका छन्। हालसम्म ४० हजार ९५९ मत गनिसक्दा थानी प्रतिद्वन्द्वीभन्दा ३ हजार १९० मत बढी मत ल्याएर अगाडि छन्। उनले १८ हजार ७७८ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले १५ हजार ५८८ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर चुनाराले २ हजार ३०६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार भिमबहादुर शाहीले १ हजार ५५२ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार १६:४२