ओखलढुंगामा कांग्रेसका खतिवडा एमालेका सुनुवारभन्दा सात सय मतले अगाडि




काठमाडौं, ६ मंसिर

प्रतिनिधिसभाअन्तर्गत ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै गरेका छन् । मंगलबार दिउँसोसम्मको मतपरिणामअनुसार खतिवडा ५९ सय ४९ मतसहित अगाडि छन् ।

उनलाई एमालेका यज्ञराज सुनुवार ५२ सय २१ मत ल्याएर पछ्याइरहेका छन् । दुवैबीच सात सयको मतान्तर छ । 
 

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार १६:५९